adds
माइकल सुमाकरको नाममा big-plus
माइकल सुमाकरको नाममा

2017-08-02

asdasdas कसैले छिटो गाडी कुदायो भने ‘फर्मुला वान (Formula 1) जस्तो’ भन्ने चलन नेपालमा निकै पुरानो हो । आजसम्म त फर्मुला वानको पहुँच नभएका नेपालीहरुले त्यति वेला नै कसरी सिके होलान् ? त्यो भन्नलाई ?फर्मुला वान र आफ्नै अनुभुतिवारे सानो चर्चा गर्ने प्रयत्न गरेको छु । सन्दर्भ पेट्रोनास मलेसियन एफवान ग्रान्ड प्रिक्स (F1 Grand Prix) को हो । गत अक्टोवर महिनाको २ तारिखमा सम्पन्न संसारकै सर्वाधिक रोमाञ्चकारी र साहसिक प्रतियोगिताको मलेसियन ग्रान्ड प्रिक्समा नेपालको तर्फबाट यस पंक्तिकारलाई सहभागी हुने अवसर जुटायो FIA ले यसपटक । काठमाडौं फर्कदा मलेसियन एयरलाइन्सको सिटमा बसेर यो लेखिरहेको छु र काठमाडौं पुग्दा सक्नुपर्नेछ ।नेपालमा मोटर स्पोर्ट्स शुरु भएको कति नै भयो र ? एउटा मोटर स्पोर्ट्सको पदाधिकारीले पनि फर्मुला वान (छोटकरीमा एफवान F1 ) को अनुभव हासिल गर्न पाउनु ? अनि त्यसैमा जोडिएर आफ्नो धारणा राख्नु ? तसर्थ यो एउटा रहर मात्रै पनि हुन सक्छ । लेखक गोविन्द भट्टराई संसारका विश्व चर्चित एफवान लगायतका फोर ह्विलको रेसहरु आयोजना गर्ने विश्व महासंघ हो Federation International de’l Automobile (FIA) । त्यसले नै संसारका प्रायः सबैखाले रेस, र्याली, अफरोड क्रसकन्ट्री लगायतका प्रतियोगितालाई अनुगमन गर्दछ । सबै प्रतियोगिताको आ–आफ्नै महत्व छ । तर एफवानको विशेष महत्व छ । र, त एउटा सपना हो मोटर रेसिङका पारखीहरुलाई फर्मुला वान ।