धुलिखेल क्रसमाण्डु राष्ट्रिय च्याम्पियनसिप


धुलिखेल क्रसमाण्डु राष्ट्रिय च्याम्पियनसिप

धुलिखेल - पछिल्लो समय युवा पुस्तामा लोकप्रिय डट बाइक रेसिङले शनिबार धुलिखेलको माहौल तताएको थियो।

साउनको चर्को घामपछि परेको सिमसिम पानीमा रूझ्दै २९ जना युवा हिमालयन मोटरल्याण्डमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ)ले आयोजना गरेको क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१८ मा सहभागि भए। 

बिहान करिब ११ बजे सुरू प्रतियोगिता साँझ ६ बजेसम्म चलेको थियो। दर्शकको बाक्लो उपस्थिति रहेको प्रतियोगिता अत्यान्त रोमाञ्चक भएको थियो।

साउने झरीमा डट बाइकको टायरले फालेको हिलो र त्यही हिलोमा लड्दै रेसमा सहभागी हेर्दा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता जस्तै अनुभव दर्शकले लिइरहेका थिए।

उपस्थित दर्शकले आफ्ना प्रतियोगितालाई बाजा बजाएर समर्थन गरेका थिए।

नोभिस र नेशनल गरि दुई वटा विधामा सञ्चालित प्रतियोगिताको नोभिस क्याटागोरीको उपाधि सुशील थापाले हात पार्दा दीपेश क्षेत्री दोस्रो र राजकुमार कार्की तेस्रो भए।

यो विधा अन्तर्गत पहिलो पटक सहभागी तथा पहिला सहभागी भएर पनि उपाधि नजितेका रेसरहरूको सहभागीता थियो।

यस्तै नेशनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले हात पारे। अत्यान्त प्रतिश्पर्धात्मक रेसको दोस्रो स्थानमा सुजित ताम्राकार रहँदा सुवास कट्वालले तेस्रो स्थानमा चित्त बुझाए।

२९ जना युवाको सहभागिता रहेको प्रतियोगितामा २५० सीसीसम्मका डर्ट बाइकहरू समाबेस थियो।

उपाधि विजेताले नगद २५ हजार सिल्ड र प्रमाणपत्र पाए भने दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले नगद १० हजार, सिल्ड तथा प्रमाणपत्र पाएका थिए।

विजयी खेलाडीहरूलाई काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचिदानन्द केसी र नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीताराम न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए।

नेसनल च्याम्पियनसिपका विजेताले आगामी वर्ष भारत, श्रीलंका र नेपालमा हुने कन्टिनेन्टल कपमा सहभागी हुने अवसर पाउने आयोजक नासाले जनाएको छ।

पछिल्लो पुस्तामा अत्यन्तै लोकप्रिय डट बाइक नेपाली बजारमा उपलब्ध छन्। युवाहरूले बेला बेला २-४ जना सहभागी भएर दौड गरे पनि व्यवसायिक रूपमा यसरी प्रतियोगिता धेरै कम मात्र हुन्छ।

भाषाले पाइन् नासाको रोड सेफ्टी मिडिया अवार्ड


भाषाले पाइन् नासाको रोड सेफ्टी मिडिया अवार्ड

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्ड नागरिक दैनिककी भाषा शर्मालाई प्रदान गरिएको छ ।बेलायतका पूर्व यातायात मन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम) का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजीओका अध्यक्ष अनुराग कुलश्रेष्ठ, नेसनल रोड सेफ्टी एलाइन्स नेपालका संयोजक तथा सांसद योगेश भट्टराई र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका सदस्य सौरभ ज्योति लगायतले उनलाई सो अवार्ड प्रदान गरे ।

नेपालको सडक सुरक्षाका लागि निरन्तर रुपमा कलम चलाए वापत सो अवार्ड प्रदान गरिएको हो । सो अवार्डको साथमा सम्मानपत्र तथा नगद ११,१११ ।– (एघार हजार एक सय एघार ) रहेको छ ।

नेपालको सडक सुरक्षामा क्रियाशिल नासाले रोड सेफ्टी फोरम नेपाल र स्वतन्त्रता अभियान नेपाल लगायतका संस्थाहरुको सहकार्यमा रोड सेफ्टी मिडिया अवार्ड वितरण गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा यो वर्षलाई ‘मोटरसाइक्लिङ सेफ्टी इयर २०७५’ को रुपमा मनाइने भएको छ । नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसनले सो घोषणा गरेको हो ।

नेपालमा हुने सडक दुर्घटनाको मूख्य कारण मोटरसाइकल भएकोले यस वारेमा जनचेतना जगाउनका लागि यो वर्ष विभिन्न कार्यक्रम गरिने नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) का अध्यक्ष सीताराम न्यौपानेले बताए ।

दृष्टि बन्यो उत्कृष्ट रोड सेफ्टी फिल्म, पायो ५० हजार नगद


दृष्टि बन्यो उत्कृष्ट रोड सेफ्टी फिल्म, पायो ५० हजार नगद

काठमाडौं – रोड सेफ्टी फिल्म फेस्टिभलमा नेपाल फिल्म एकेडेमीद्वारा निर्देशित फिल्म ‘दृष्टि’ उत्कृष्ट फिल्म बन्न सफल भएको त ।

त्यसैगरी नेपाल फिल्म एकेडेमीद्वारा नै निर्देशित अर्को फिल्म ‘पछुतो’ दोस्रो र ज्ञानेन्द्र कोइरालाद्वारा निर्देशित ‘सरी बेटा’ फिल्म तेस्रो बनेको छ ।

पहिलो विजेता फिल्मले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगदका साथै शिल्ड र सर्टिफिकेट प्राप्त गरेका छन् ।
सहभागी तथा बिजेताहरुलाई कार्यक्रमका अतिथि योगेश भट्टराई, कर्ण बहादुर थापा र बिनोद श्रेष्ठले शिल्ड, सर्टिफिकेट तथा पुरस्कार प्रदान गरेका थिए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजना र नासा फाउन्डेसनको व्यवस्थापनमा आज नेपालमै पहिलो पटक आयोजित काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभलमा यी फिल्म विजयी भएका हुन् ।

 

नेपाल टुरिजम बोर्डको हलमा सम्पन्न सो फेस्टिभलकोे शुभारम्भ पूर्व उप—प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए भने कार्यक्रममा बिशिष्ट वक्ताका रुपमा बेलायतका पूर्व यातायात मन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम) का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजीओका अध्यक्ष अनुराग कुलश्रेष्ठ थिए ।

सो अवसरमा मुख्य अतिथिका रुपमा पूर्व मन्त्री कर्ण बहादुर थापा, संघीय संसद सदस्य योगेश भट्टराई र जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठको उपस्थिति रहेको थियो ।

निर्णायक मण्डलमा वरिष्ठ कलाकार आरपी पन्त, सञ्चारकर्मी दिनेश डिसी, चलचित्र सम्पादक नवीन निरौला, पत्रकार दिवस गुरागाईं र ट्राफिक इन्जिनियर आशिष गजुरेल थिए ।
कार्यक्रममा १२ जना नेपाली कलाकारद्वारा अभिनित SAVE #3500 LIVES Campaign भिडियो समेत लन्च गरिएको थियो ।

फेस्टिभलमा कुल १७ वटा फिल्मले सहभागिता जनाएका थिए ।

संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ सडक दुर्घटना । आज संसारमा वार्षिक रुपमा चौध लाख भन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २५ सय भन्दा बढी अनाहक मै मारिन्छन् ।
त्यसै गरि नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अर्बौको क्षति भइरहेको पनि छ ।

सडक दुर्घटनाका कारण हाम्रो सामाजिक संरचना नै धरापमा पर्ने अवस्थामा पुगेको छ । र, त्यही कहाली लाग्दो अवस्थामा केही सुधार गर्ने उद्देश्यका साथ सरकारी र नागरिक स्तरमा पनि केही न केही कार्य भइरहेका पनि छन् ।

त्यसैको एक प्रयासको रुपमा नासा फाउन्डेसन र अन्य संस्थाहरुले पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरेको बताएका छन् ।

नासा फाउन्डेसन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको कल्याणकारी संस्था हो ।

थाइल्यान्ड र ताइवान जाने राइडरलाई गरियो विदाई


थाइल्यान्ड र ताइवान जाने राइडरलाई गरियो विदाई

काठमाडौं – नेपालका चार खेलाडीहरु २०१७ एफआईएम एसिया कप अफ रोड रेस (2017 FIM Asia Cup of Road Race) मा भाग लिन थाइल्यान्ड र ताइवान जाने भएका छन् । राइडर आशिक लामा र ओसामा खान थाइल्यान्ड तथा प्रत्युस कुँइकेल र दीक्षा श्रेष्ठ (ब्याञ्जु) ताइवानमा हुने प्रतियोगितामा सहभागी हुने भएका छन् ।

आज आयोजित एक कार्यक्रममा उनीहरुलाई विदाई गरिएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का अध्यक्ष दशरथ रिसाल, नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) का अध्यक्ष सीताराम न्यौपाने, नासा प्लेयर्स कमिसनका संयोजक उपेन्द्र प्याकुरेल र नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले संयुक्त रुपमा उनीहरुलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा राइडरहरुका अभिभावकहरुको समेत सहभागिता थियो । 

आगामी अक्टोबर ६ देखि ८ सम्म थाइल्यान्डको नाकोन्चाइसी सर्किटमा रेसिङ प्रतियोगिता हुनेछ । त्यसैगरी आगामी अक्टोबर १४ र १५ मा ताइवानको काओसिङ सर्किटमा अर्को प्रतियोगिता हुनेछ ।

ताइवान तथा थाइल्यान्डका राष्ट्रिय मोटरसाइकल क्लबहरुको संयोजनमा फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम् (एफआईएम) ले आयोजना गर्ने सो प्रतियोगितामा विभिन्न विधामा मोटरसाइकल तथा स्कुटर रेसिङ प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा एसियाका विभिन्न देशका राइडरहरुले भाग लिने छन् ।

 

 

 

रोड सेफ्टीको लागि परामर्श बैठक


रोड सेफ्टीको लागि परामर्श बैठक

काठमाडौं–रोड सेफ्टीको लागि नेपालको सरकार, पेशागत सामाजिक तथा व्यवसायीक संघसंस्थाहरु आ-आफ्नो स्थान बाट सक्रिय रहेका छन् ।त्यसैगरी नेपाल तथा विस्वकै विकास नियोगहरु ,संयुक्त राष्ट्रसंघ तथा तिनका निकायहरु समेत कार्यरत छन् । त्यस्तै नेपालमा समेत विगत १ दशक देखि नासा लगायतका दर्जनौ संघ संस्थाहरु यस क्षेत्रमा क्रियाशील छन् । रोड सेफ्टीको ५ पिलर मध्ये POST CRASH MANAGEMENT  एउटा महत्वपूर्ण कार्य हो । जसको लागि विश्वमै  WHO लगायतका संघसंस्था सकृय रहेका छन् ।

 

नेपालमा समेत  WHO Nepal ,रोट्री क्लब , रोड सेफ्टी फोरम नेपाल ,नेपाल मेडिकल कलेज , ओर्थोपेडिक एसोसिएसन ,नासा फाउन्डेसन जस्ता संस्थाहर स्वास्थ मन्त्रालय ,यातायात मन्त्रालय  तथा तिनको निकायसंग सहकार्य गरिरहेका छन् ।

 

WHO Nepal को समन्वयमा यस हप्ता काठमाडौँमा POST CRASH MANAGEMENT  सम्बन्धि नीति ,  तथा हाल संचालन भईरहेका क्रियाकलापमा  परामर्स बैठक , मिटिंग तथा अन्तरक्रिया समेत  भाइरहेको छ ।

 

गत असोज ३ गते काठमाडौँमा त्यस्तै एउटा महत्वपूर्ण परामर्श बैठक सम्पन्न भएको छ । जसमा विस्व स्वस्थ संगठन दक्षिणपूर्वी एसियाका सल्लाहकार डा. पतन्जली देव नायर , प्राध्यापक डा. बुलन्द थापा  (अध्यक्ष् नेपाल ओर्थोपेडिक एसोसिएसन ), डा.सुशील कुमार जोशी तथा डा. पुष्पराज पन्त (नेपाल मेडिकल कलेज) लगायतका व्यक्तिहरु हुनुहुन्थ्यो। 

नासाका महासचिव गोविन्द भट्टराई , ई.लक्ष्मण के.सी (नेइए), डा.लोनिम प्रसाई दिक्षित् (WHO) तथा टिकाराज पौडेल (ने.रे.सो ) र सुवास भट्टराई (नासा फाउन्डेसन) समेत सो बैठकमा सहभागी हुनुहुन्थ्यो ।

 

   नेपालमा आगामी दिनमा POST CRASH MANAGEMENT सम्बन्धि संचालन गरिने नीतिगत कार्यक्रम र WHO ले गर्न सक्ने सम्भवित सहयोग सम्बन्धि समेत छलफल भएको सो मिटिंगको अध्यक्ष्ता स्वस्थ मन्त्रालयका डा. भोला श्रेष्ठले गर्नु भएको थियो ।

  तसर्थ भन्न सकिन्छ यस हप्ता नेपाली रोड सेफ्टीको क्षेत्रमा विभेष उल्लेख रह्यो ।

FIA PRESIDENT JEAN TODT OPENS THE XIX FIA CONGRESS OF AMERICAS FOR MOBILITY AND SPORT


FIA PRESIDENT JEAN TODT OPENS THE XIX FIA CONGRESS OF AMERICAS FOR MOBILITY AND SPORT

On 1 August 2017, the 19th Congress of Americas for Mobility and Sport started in Toronto, Ontario, with representatives from Members Clubs throughout the Americas present.

FIA President Jean Todt opened the Congress by highlighting the importance of the event: “The annual congress is fundamental. I especially appreciate the opportunity it provides for me to meet you and to hear about the news and progress of your clubs, as well as the opportunity it gives us to think together about the future of motorsport and mobility.”

Mr. Todt thanked the Canadian Automobile Association (CAA), and Mr. Tim Shearman, President of the CAA, also FIA President of Region III, for hosting the Congress of the Americas this year. He also thanked Mr. Jorge Tomasi, FIA President of Region IV; Mr. José Abed, FIA Vice-President for Sport and President of FIA Americas and OMDAI; and Mr. Carlos Garcia Remohi, President of CODASUR, for their work to promote motor sport and mobility in the Americas. Mr. Todt acknowledged the presence of Mr. Graham Stoker, FIA Deputy President for Sport, and Mr. Nick Craw, President of the FIA Senate, and thanked Mr. Hugo Mersan, President of TACPy and FIA Vice-President for Sport, for the successful experience of the Congress in Paraguay last year.

Mr. Todt then laid out the agenda for the sport and mobility portions of the Congress.

On the sport side, Mr. Todt spoke about the significant progress the region made in the development of motor sport: “I am proud to say that the region welcomes 10 World Championships events including four Formula One events; 2 FIA World Endurance Championship events; two FIA World Rally Championship events; one FIA World Touring Car Championship event and one FIA World Rallycross Championship event which is going to be held in Canada after this Congress. In the FIA Formula E Championship, the region is also impressively active with four events this year”. Mr. Todt emphasized that the FIA team is available to provide support to promote the growth of motor sport in the region, and also spoke about the importance of road safety in motor sport. He also encouraged Clubs from the Americas to apply for more grant funding opportunities via the FIA Sport Grant Programme.

Speaking about the mobility section, Mr. Todt highlighted 3 key topics for the congress. These included: strengthening club development through the FIA University Programme, promoting the road safety agenda to meet the ambitious 2020 targets set out by the UN SDGs, and advancing the agenda of sustainable mobility.  Mr. Todt then announced the appointment of Mr. Tim Shearman, FIA President of Region III and Alfredo Albornoz, Director General from TACC, Colombia, to the FIA University Governance board to represent their respective regions. He also announced a new Senior Executive Programme, designed in partnership with Columbia University in New York, which will be held on 1-3 November 2017.

On the topic of Road Safety, Mr. Todt highlighted the ongoing initiatives of the FIA High Level Panel for Road Safety, and invited FIA Regional Presidents to join the next meeting of the Panel on 20 September 2017. He also congratulated the Clubs on their current road safety initiatives and reasserted the key role they have to play that field: “I am proud of the outstanding work done by the Clubs and regions on the ground since the inception of the FIA Road Safety Grant Programme. As you know, I strongly believe, and I am sure you will agree, that motor sport, mobility and road safety walk together.”

Mr. Todt then spoke about the FIA Smart Cities Forum, held alongside the FIA Formula E Championship. “Meeting the challenge of urbanisation is of central importance to FIA Clubs and this platform is a good opportunity for us to promote our agenda on safe, sustainable and accessible mobility in cities”, he stated.

The Congress, which will last until 3 August 2017, is an opportunity for the creation of joint initiatives between Clubs. It will end with a Karting Slalom event for children who are 10 years of age or higher, an event that highlights the importance the FIA places on attracting new talent to motor sport at a young age.

The next edition of the FIA Congress of Americas for Mobility and Sport will be held on 22-24 July 2018 in Montevideo, Uruguay, just prior to the FIA Mobility Conference on 24-27 July 2018.

About FIM


About FIM

THE FIM FROM 1904 TO 2015: SHORT HISTORY

In 2004 the Fédération Internationale de Motocyclisme (International Motorcycling Federation) celebrated its Centenary. It was founded on December 21, 1904, in the rooms of the restaurant Ledoyen in Paris, under the name of Fédération Internationale des Clubs Motocyclistes.

The Motocycle-Club de France organised a race called the International Cup in Dourdan, south-west of Paris, on September 25, 1904 with the participation from Austria, Denmark, France, Germany, and Great Britain. The race was won by France, but disputes arose over the racing conditions. As a result, the sports authorities of the five countries represented joined together and put forward the idea of creating the Fédération Internationale des Clubs Motocyclistes (FICM).

The birth of this Federation was, however, premature. In July 1906, on the occasion of the International Cup in Patzau, Bohemia, the delegates of the participating countries - Austria, France, Germany and Great Britain - unanimously decided to dissolve the FICM. But, for a question of procedure, the FIC

Read More