तेस्रो पटक प्रकाशित


तेस्रो पटक प्रकाशित

मिति : २०७५ / ०७ / २८

यस संघको केन्द्रिय कार्यसमितिको २०७५ जेष्ठ ३० को निर्णय अनुसार काभ्रेको धुलिखेलमा स्थापित Himalayan Motorland मा संघको तर्फबाट प्रारम्भिक निर्माणकार्य पुरा भएकोले देहायको शर्तमा कुनै रणनीतिक साझेदार संलग्न गराउन यो सार्वजनिक सूचना जारी गरिन्छ। 
शर्तहरु :
१ नासाको हालसम्मको लगानीको न्यूनतम २०% सम्म लगानी गर्ने ग्यारेन्टी
२ आवश्यकतानुसार थप लगानी / प्रायोजन तथा स्तरउन्नति 
३. नासा तथा नासा संग सम्बद्ध इभेन्टको ब्यबस्थापन 
४. प्रविधि / औजार / उपकरण तथा स्थलको अप्ग्रेडिङ्ग तथा लगानी 
५. आवश्यक अन्य कार्य 
६. भाडा तथा कानुनी दायित्वहरु 
सो स्थानमा अटोस्पोर्ट्सको कार्य , डिफेन्सिभ ड्राइभिङ , सिमुलेटर सेन्टर , कार्ट्स सेन्टर तथा अन्य खेलकुद तथा शाहसिक , पर्यटकीय र मनोरञ्जनात्मक कार्य गर्न सकिनेछ । 
प्रस्तावमा नासाको हालसम्मको लगानी तथा साझेदार मार्फत थप भएको लगानीको समेत सुरक्षणको प्रस्ताव हुनुपर्नेछ ।

प्रस्ताव बुझाउने अन्तिम मिति : २०७५/०८ /१२
TOR पाउने र फारम बुझाउने स्थानः नासा केन्द्रीय कार्यालय, स्काउट बिल्डिंङ्ग, लैनचौर, काठमांन्डौं
फारम दस्तुर: रु १,००० ( फिर्ता नहुने गरि )
सम्पर्क :
निरज खड्का क्षेत्रि — ९८४१२३८९४४
रितेश उपाध्याय — ९८४५५११४७० , ०१—४००५१७१

धुलिखेल क्रसमाण्डु राष्ट्रिय च्याम्पियनसिप


धुलिखेल क्रसमाण्डु राष्ट्रिय च्याम्पियनसिप

धुलिखेल - पछिल्लो समय युवा पुस्तामा लोकप्रिय डट बाइक रेसिङले शनिबार धुलिखेलको माहौल तताएको थियो।

साउनको चर्को घामपछि परेको सिमसिम पानीमा रूझ्दै २९ जना युवा हिमालयन मोटरल्याण्डमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ)ले आयोजना गरेको क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१८ मा सहभागि भए। 

बिहान करिब ११ बजे सुरू प्रतियोगिता साँझ ६ बजेसम्म चलेको थियो। दर्शकको बाक्लो उपस्थिति रहेको प्रतियोगिता अत्यान्त रोमाञ्चक भएको थियो।

साउने झरीमा डट बाइकको टायरले फालेको हिलो र त्यही हिलोमा लड्दै रेसमा सहभागी हेर्दा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता जस्तै अनुभव दर्शकले लिइरहेका थिए।

उपस्थित दर्शकले आफ्ना प्रतियोगितालाई बाजा बजाएर समर्थन गरेका थिए।

नोभिस र नेशनल गरि दुई वटा विधामा सञ्चालित प्रतियोगिताको नोभिस क्याटागोरीको उपाधि सुशील थापाले हात पार्दा दीपेश क्षेत्री दोस्रो र राजकुमार कार्की तेस्रो भए।

यो विधा अन्तर्गत पहिलो पटक सहभागी तथा पहिला सहभागी भएर पनि उपाधि नजितेका रेसरहरूको सहभागीता थियो।

यस्तै नेशनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले हात पारे। अत्यान्त प्रतिश्पर्धात्मक रेसको दोस्रो स्थानमा सुजित ताम्राकार रहँदा सुवास कट्वालले तेस्रो स्थानमा चित्त बुझाए।

२९ जना युवाको सहभागिता रहेको प्रतियोगितामा २५० सीसीसम्मका डर्ट बाइकहरू समाबेस थियो।

उपाधि विजेताले नगद २५ हजार सिल्ड र प्रमाणपत्र पाए भने दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले नगद १० हजार, सिल्ड तथा प्रमाणपत्र पाएका थिए।

विजयी खेलाडीहरूलाई काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचिदानन्द केसी र नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीताराम न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए।

नेसनल च्याम्पियनसिपका विजेताले आगामी वर्ष भारत, श्रीलंका र नेपालमा हुने कन्टिनेन्टल कपमा सहभागी हुने अवसर पाउने आयोजक नासाले जनाएको छ।

पछिल्लो पुस्तामा अत्यन्तै लोकप्रिय डट बाइक नेपाली बजारमा उपलब्ध छन्। युवाहरूले बेला बेला २-४ जना सहभागी भएर दौड गरे पनि व्यवसायिक रूपमा यसरी प्रतियोगिता धेरै कम मात्र हुन्छ।

रेसनारी सम्पन्न, दीक्षा बनिन् विजेता


रेसनारी सम्पन्न, दीक्षा बनिन् विजेता

ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना सम्पन्न उक्त रेसिङ च्याम्पियनसिपमा २१ जना महिला राइडरले ११० सिसीको होन्डा नाभी (Honda Navi) कुँदाएका थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई क्रमशः रु. १० हजार, ७ हजार र ५ हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । मोटरसाइकल रेसिङका प्रथम विजेतालाई आगामी वर्ष एसियाली स्तरको रेसिङमा भाग लिन थाइल्यान्ड/मलेसिया पठाउने व्यवस्था गरिने छ । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेन्द्र श्रेष्ठ (राजु) ले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

 
Women in Sports & Adventure भन्ने देशब्यापी अभियान संचालन गरिरहेको नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले सो प्रतियोगिता आयोजना गरेको हो । अत्यन्तै साहसिक यो प्रतियोगिताको मुख्य प्रायोजक Honda Navi मोटरसाइकल रहेको छ भने पाँचौ पर्वतीय खेलकुद महोत्सव अन्तर्रगत नासा र राष्ट्रिय खेलकुद परिषदले आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताको सह–प्रायोजकमा इडिमित्सु इन्जिन आयल थियो । त्यसैगरी पेट्रोनास लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट, स्टड्स हेल्मेट, बज्र इन्टरप्राइजेज, हिट्को प्रालि, अटो लिंक र स्याभ्सोल लुब्रिकेन्ट समेत प्रायोजक थिए ।

 
युवायुवतीहरुका बीचमा लोकप्रिय उक्त इभेन्ट गत वर्षदेखि सञ्चालन गरिएको हो । नेपालकै लागि नयाँ, रोमाञ्चकारी र साहसिक मानिने उक्त रेसनारी प्रतियोगिता महिला बाइक राइडरहरुलाई लक्षित गरि सञ्चालन गरिएको हो । नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले यो प्रतियोगिता सञ्चालन गर्छ । पर्वतीय खेलकुद महासंघको प्रस्ताव एवं समन्वयमा पाँचौ पर्वतीय खेलकुद महोत्सव २०१७ अन्तर्गत यस पटक यो प्रतियोगिता सञ्चालन गरिएको हो ।