एसिया अटो जिमखानामा नासाका खिलाडीहरुको उत्कृस्ट प्रदर्शन

 एसिया अटो जिमखानामा  नासाका खिलाडीहरुको उत्कृस्ट प्रदर्शन

काठमाडौं – थाइल्यान्डको चियाङराईमा सम्पन्न चौथो राउन्ड २०१७ को एसिया अटो जिमखाना प्रतिस्पर्धामा नेपालको तर्फबाट अमरज्योति रञ्जित र अनिल कुमार बराल सहभागी भएका छन् । सो प्रतियोगिता गत डिसेम्बर १ देखि ३ सम्म सम्पन्न भएको थियो । प्रतियोगितामा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उचो राखेका छन् । प्रतियोगितामा अफिसियलको रुपमा दीपक कुमार आचार्य सहभागी थिए ।

 

प्रतियोगितामा टिम इन्डिभिज्युअल तर्फ जापानी खेलाडी पहिलो तथा दोस्रो र इन्डोनेसियाका खेलाडी तेस्रो भएका थिए । त्यसैगरी टिम राउन्ड तर्फ इन्डोनेसिया पहिलो, जापान दोस्रो र थाइल्यान्डका खेलाडी तेस्रो भएका थिए ।

प्रतियोगितामा नेपाल सहित जापान, इन्डोनेसिया, थाइल्यान्ड, भारत, सिंगापुर, फिलिपिन्स, मलेसिया, दक्षिण कोरिया, ताइवान, हङकङ, श्रीलंका र कम्बोडियाका खेलाडी सहभागी थिए ।

जिमखाना एक प्रकारको मोटर स्पोर्ट्स इभेन्ट हो । प्रत्येक ड्राइभरले कार कन्ट्रोल र ह्यान्डलिङका विभिन्न प्रदर्शनीका आधारमा यसमा प्रतिस्पर्धा गर्नु पर्छ ।

यसमा एक प्रकारको ट्रयाक निर्माण गरिएको हुन्छ र ट्राफिक नियम पालना नगरे वा ट्रयाक मार्कर छोएमा दण्ड समेत तिर्नु पर्छ । निर्धारित दुरी छोटो समयमा जसले पुरा गर्छ, उ नै विजयी हुन्छ ।