नेपाली महिला कार्ट्स ड्राइभर सुनिता बनिन् भारतमा विजयी

नेपाली महिला कार्ट्स ड्राइभर सुनिता बनिन् भारतमा विजयी

भारतको बैंग्लोरस्थित मेको कार्टोपिया रेसिङ ट्रयाकमा सम्पन्न जेके टायर एफएमएससीआई नेसनल कार्टिङ च्याम्पियनसिपमा गल्र्स सलालोम बाइकिङमा नेपालकी सुनिता देशार विजयी बनेकी छिन् ।

देशारले कुल १६ सहभागी मध्ये पहिलो स्थान हासिल गरेकी हुन् । विभिन्न इभेन्टहरु मध्ये बाइकिङ तर्फ उनले सो उपाधि हासिल गरेकी हुन् । सो इभेन्टमा नेपाली महिलाहरुको सहभागिता छ र सबै गरी ५ सय भन्दा बढी खेलाडीको सहभागिता छ । 

नेपालको तर्फबाट नितु श्रेष्ठ, सुनिता देशार, आयुषा शाक्य, आकृति बेलवासे र दीक्षा गौतमको सहभागिता छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तर्फबाट सहभागी टोलीमा अफिसियलको रुपमा निरज खड्का र टेक्निकल सुपरभाइजरको रुपमा इन्जिनियर सरोज खड्का सहभागी भएका छन् ।

एफआईको गल्र्स अन ट्रयाक प्रोग्राम अन्तर्गत एफआईए विमेन अन मोटर स्पोर्ट्सको समेत यसमा सहयोग रहेको छ ।

नेपालमा नासाले केही दिन पहिले मात्र कार्टिङको शुरुवात गरेको छ । नेपाली महिला कार्ट्स ड्राइभरको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।