अटोमोटिभ इञ्जिनियरिङ्ग सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

अटोमोटिभ इञ्जिनियरिङ्ग सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

धुलिखेल — Institute of Automotive Engineers Nepal, काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङ्ग सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । पाँचौ ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा धुलिखेल स्थित काठमाडौँ विश्व विद्यालयको हलमा आयोजना भएको सम्मेलनको दोस्रो दिन सांसद माननीय डा. डिला संग्रौलाले मुख्य वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना समेत दिनु भएको थियो ।

सम्मेलनको दोस्रो दिन एसएई इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एण्ड सुस्टेनेबल मोबिलिटी शिर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ ग्लोबल रोड सेफ्टी विकको बारे, ई. प्रेम लामाले वर्कशप व्यवस्थापन बारे, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोल्याण्ड शिर्षकमा नेपाल मोटरसाइकल फेडेरेसनका सचिव सन्तोष न्यौपानेले International Driving Permit, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले Possibility of Space Cooling in Passenger Car तथा CTEVT कि प्रतिनिधि ई. निशी श्रेष्ठले अटोमोटिभ एजुकेसन सम्बन्धि शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थिया ेभने आइएई नेपालका महासचिव बासुदेव तिमल्सिनाले नौं बुदे घोषणा पत्रका साथ कार्यक्रमलाई समापन गरेको कार्यक्रम संयोजक मधुसुदन सिग्देलले जानकारी दिएको छ ।