दुर्घटना न्यूनीकरण तथा ब्यबस्थापन कोबिषयमा अन्तरक्रिया कार्यक्रम

दुर्घटना न्यूनीकरण तथा ब्यबस्थापन कोबिषयमा अन्तरक्रिया कार्यक्रम

गजुरी- गजुरी गाउँपालिकाको ब्यबस्थापन र नेपाल अटोमोबाईल्स एसोसिएसनको (नासा) संयोजनमा धादिंगको गजुरीमा माघ ४ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रममा पृथ्वी राजमार्गमा हुने दुर्घटना र सो बाट हुने ठुलो जनधन को क्षतिलाई कसरि न्यूनीकरण गर्ने भन्ने बिषयमा छलफल तथा टिप्पणी भएको थियो |


कार्यक्रममा ट्राफिक इन्जिनीयर आशिष गजुरेलले स्मार्ट सिटी र नासाका महासचिव गोविन्द भट्टराईले ट्रान्सपोर्ट तथा रोड सेफ्टी ब्यबस्थापन सम्बन्धमा कार्य पत्र पेस गरि दुर्घटनाका मुख्य कारण र त्यसको समाधान गर्ने पाटो तिर प्रकाश पार्नु भयो |


कार्यक्रममा माननीय सभासद भुमि त्रिपाठी , शालिग्राम जमकट्टेल , प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी प्रमुख , जिल्ला मह न्यायाधीवक्ता , जिविस संयोजक तथा जिल्ला भरका स्थानीय निकायका प्रमुख - उप प्रमुख ज्यूहरुले धादिंग जिल्ला र पृथ्वी राजमार्गलाई अब को दिनमा सुरक्षित् बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो |