प्रदेश नम्बर दुईमा नासाको कार्य समिति

प्रदेश नम्बर दुईमा नासाको कार्य समिति

बर्दिबास- नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा) बिगत १० वर्ष देखि नेपालको अटोमोबाइल ,मोटर स्पोर्ट्स, सडक सुरक्षा , ड्राईभ टुरिजम, सेफ मोबिलिटी आदि क्षेत्रका गतिविधिहरुमा संलग्न रहेको छ | मोटर स्पोर्ट्सको अन्तराष्ट्रिय महासंघ एफआईए र एफआईएम बाट स्वीकृति प्राप्त गरि नासाले नेपालमा मोटर स्पोर्ट्सको सुरुवात गरेको हो |
नासाका बिगतका कतिपय गतिविधि राजधानी केन्द्रित रहेर मात्र भएको र मोटर स्पोर्ट्स जस्तो रोमान्चक खेललाई देशव्यापी रुपमा चिनाउने उदेश्यले नासाले प्रदेश समिति गठन गरि प्रदेश केन्द्रित मोटर रयाली, मोटर स्पोर्ट्स आदि गतिविधिहरु गर्ने निर्णय गरेको छ | अब बन्ने स्थानीय सरकारले सो गतिबिधिलाई प्राथमिकतामा राखे नेपालमा मोटर स्पोर्ट्सको सुनौलो भविष्य कल्पना गर्न सकिने र यसले पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्याउने हुनाले प्रदेश समिति गठन गरि कार्य अघि बढाउने निर्णय लिएको नासाका महासचिव गोविन्द भट्टराईले बताएका छन् |

नासाको प्रदेश समिति गठन गर्ने क्रममा हालै प्रदेश नम्बर दुईको कार्य समिति गठन गरिएको छ | शनिबार आयोजित छलफलमा नासा प्रदेश दुईको समिति गठन कार्यक्रममा जनकपुर निवासी अटोमोबईल ब्यापारी अभिषेक गोयेंकालाई अध्यक्ष् चयन गरियो भने बर्दिबासका बिजय कुमार महतो उपाध्यक्ष् पदमा चयन हुनु भयो | साथै सचिवमा सन्तोष आचार्य , कोषाध्य्क्षमा प्रमोद कुमार शाहलाई चयन गरीयो भने सदस्यमा राजकुमार थापा, सुनिल साह, हेम बहादुर लामा ,सुदिन श्रेष्ठ ,सुरज थापा ,तेज नारायण साह रमेश चौलागाईं , संजित श्रेष्ठ , कृष्ण गौतम , कृष्ण दिक्षितलाई चयन गरियो |

कार्यक्रममा नासा प्रदेश दुईका पदाधिकारीहरुलाई गुरास लाईफ इन्सोरेन्सका सीईओ नारायण कुमार भट्टराईले बधाई दिनुका साथै आफुले समेत अफुनो क्षेत्र बाट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो |