नेशनल मोटर साइक्लिङ कन्फ्रेन्स सम्पन्न

नेशनल मोटर साइक्लिङ कन्फ्रेन्स सम्पन्न

नेपाल अटोमोबाईल्स एसोसिएसनले नेपाल मोटरसाईकल फेडेरेसनको सहकार्यमा आयोजना गरेको नेशनल मोटरसाईकलिंग कन्फ्रेन्स २०१७ सम्पन्न भएको छ। दुई दिने मोटरसाइक्लिङ सम्मेलनको उद्घाटन सत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा बाईक राइडर्स दिक्षा श्रेष्ठ र राम बिक्रम थापालाई २५ हजार रुपैयाँ सहित अवार्ड प्रदान गरिएको थियो । 

सम्मेलनमा अटोमोबाइल , ईन्जिनियरिंग , स्पोर्ट्स , टुरिजम क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो। उहाहरुले कार्यक्रममा मोटर साइक्लिंग स्पोर्ट्स , सेफ राईड:सेफ लाइफ ,वोमेन इन मोटरसाईक्लिंग जस्ता शिर्षकहरुमा छलफल तथा सूचना प्रदान गर्नु भयो ।  

साथै ओलम्पियन फुपू लामा , पर्वत अरोहनमा विस्व किर्तिमान राख्न सफल माया गुरुङ र टेक्वान्डो खेलाडी रोमी गिरिले समाजमा महिलाको स्तर उकास्न र खेल क्षेत्रमा उनीहरु सहभागिता बढाउने कार्यक्रमलाई प्रोत्साहनका लागि तत्पर रहेको बताउनु भयो।    

आईतवार भएको समापन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचत योगेश भट्टराईले पहाड र हिमाल भएको हाम्रो जस्तो देशमा मोटरसाइकल स्पोर्टसलाई पहाडी क्षेत्र तर्फ केन्द्रीकृत गर्नुपर्नेमा जोड दिए ।