नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ।
राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेश सिलवाल र सदस्य गोविन्द भट्टराई, सुवास श्रेष्ठलाई कार्यकालको शुभकामना दिँदै नासले बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको हो।
खेलकुद परिषदको हलमा आयोजना भएको कार्यक्रममा नासा नेपालका महासचिव आशिष गजुरेलले बधाई पत्र बाचन गरे भने अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष सुशील तण्डुकार, सचिव निरज खडका क्षेत्री, अनिल बराल लगायतले संयुक्त रुपमा बधाईपत्र हस्तान्तरण गरे।
सो पत्र स्वीकार्दै सदस्य सचिव रमेश सिलवालले पर्वतीय तथा शाहसिक खेलकुदको मध्यमबाट दिगो पर्यटकीय खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै आगामी २०२२ मा ‘एडभेन्चर स्पोर्टस् फेस्टिभल’ समेत आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, उपाध्यक्ष कोइरालाले बिगतमा खेलकुदको क्षेत्रमा भएका कमि कमजोरी तथा त्रुटीलाई औँल्याउदै सुधारका लागि आवश्यक कदम अगाडि बढाई दिगो खेलकुदको विकास गरि, नेपालको भौगोलिक अवस्था अनुसारको खेललाई जोड गरि नेपालको साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने बताए।
साथै, बोर्ड सदस्य गोविन्द भट्टराईले नेपालमा दिगो खेलकुद गतिविधिहरुको अध्ययन तथा कार्यक्रम संचालनमा जोड दिनुका साथै खेलकुद मार्फत खेलकुद मार्फत दिगो विकास लक्ष्यको लागि सहकार्य गर्ने बताए।

बर्दिबास- नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा) बिगत १० वर्ष देखि नेपालको अटोमोबाइल ,मोटर स्पोर्ट्स, सडक सुरक्षा , ड्राईभ टुरिजम, सेफ मोबिलिटी आदि क्षेत्रका गतिविधिहरुमा संलग्न रहेको छ | मोटर स्पोर्ट्सको अन्तराष्ट्रिय महासंघ एफआईए र एफआईएम बाट स्वीकृति प्राप्त गरि नासाले नेपालमा मोटर स्पोर्ट्सको सुरुवात गरेको हो |
नासाका बिगतका कतिपय गतिविधि राजधानी केन्द्रित रहेर मात्र भएको र मोटर स्पोर्ट्स जस्तो रोमान्चक खेललाई देशव्यापी रुपमा चिनाउने उदेश्यले नासाले प्रदेश समिति गठन गरि प्रदेश केन्द्रित मोटर रयाली, मोटर स्पोर्ट्स आदि गतिविधिहरु गर्ने निर्णय गरेको छ | अब बन्ने स्थानीय सरकारले सो गतिबिधिलाई प्राथमिकतामा राखे नेपालमा मोटर स्पोर्ट्सको सुनौलो भविष्य कल्पना गर्न सकिने र यसले पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्याउने हुनाले प्रदेश समिति गठन गरि कार्य अघि बढाउने निर्णय लिएको नासाका महासचिव गोविन्द भट्टराईले बताएका छन् |
नासाको प्रदेश समिति गठन गर्ने क्रममा हालै प्रदेश नम्बर दुईको कार्य समिति गठन गरिएको छ | शनिबार आयोजित छलफलमा नासा प्रदेश दुईको समिति गठन कार्यक्रममा जनकपुर निवासी अटोमोबईल ब्यापारी अभिषेक गोयेंकालाई अध्यक्ष् चयन गरियो भने बर्दिबासका बिजय कुमार महतो उपाध्यक्ष् पदमा चयन हुनु भयो | साथै सचिवमा सन्तोष आचार्य , कोषाध्य्क्षमा प्रमोद कुमार शाहलाई चयन गरीयो भने सदस्यमा राजकुमार थापा, सुनिल साह, हेम बहादुर लामा ,सुदिन श्रेष्ठ ,सुरज थापा ,तेज नारायण साह रमेश चौलागाईं , संजित श्रेष्ठ , कृष्ण गौतम , कृष्ण दिक्षितलाई चयन गरियो |
कार्यक्रममा नासा प्रदेश दुईका पदाधिकारीहरुलाई गुरास लाईफ इन्सोरेन्सका सीईओ नारायण कुमार भट्टराईले बधाई दिनुका साथै आफुले समेत अफुनो क्षेत्र बाट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो |
One thought on “NASA Committee & Team”