काठमाडौं – इन्टरनेसनल फिमेल राइड डे २०१९ तथा फिफ्थ युएन ग्लोबल रोड सेफ्टी विकको अवसरमा आज महिलाहरुको मोटरसाइकल/स्कुटर -याली आयोजना भएको छ ।
-याली फर रोड सेफ्टी भन्ने नाराका साथ शुरु भएको सो ¥याली नेपालमा बिगत दश वर्ष देखि मोटर र मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी एन्ड टु ह्विल टुरिजम तथा रोड सेफ्टीमा संलग्न राष्ट्रिय संघ नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) अन्तर्गतको महिला कमिसनको आयोजनामा सम्पन्न भएको हो ।
ब्याक टु नेचर नेपाल प्रालिको सहयोगमा भएको सो -याली तिनकुनेस्थित महिला रेस्लिङ्ग फाउन्डेसनबाट शुरु भई कोटेश्वर, बालकुमारी, सातदोबाटो, जावलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, सुन्धारा हुदै लैनचौर पुगी समापन भएको थियो ।
पछिल्लो समय साहसिक पर्यटन तथा साहसिक खेलकुद नेपालमा मात्र नभई संसारमै लोकप्रिय हुदै गइरहेको छ जसमा ड्राइभ टुरिजम, टु व्हिल टुरिङ्ग, अफ रोड -याली, टीएसडी -याली तथा क्रस कन्ट्री जस्ता मोटरिङ्गका इभेन्टहरु समेत रहेका छन् ।
महिला सशक्तिकरण तथा सडक सुरक्षाको सन्देश दिने हेतुले आयोजना भएको सो -यालीको सुरुवातमा सम्पूर्ण राइडर्सहरुलाई सेफ राइडिङ्ग सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको कार्यक्रम संयोजक सञ्जु बज्राचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।